पौष २२, कैलाली।
कैलालीको गोदावारी नगरकपालिका स्थित नेकपा एमाले गोदावारी नगरकमिटी सदस्य कल्पनाकुमारी विक सहित ४६ जना सदस्यहरुले संयुक्त रूपले राजीनामा दिएका छन् । एमालेमा बस्दा पटक–पटक अपमानित र अपहेलित हुनुपरेको भन्दै उनीहरुले संयुक्त राजीनामा दिएका हुन् । माओवादी पृष्ठभूमिका उनीहरु एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनपछि उनीहरु एमालेमै बसेका थिए ।

तत्कालीन माओवादीले गरेको जनयुद्धलाई इन्कार गर्न नसकिने र अहिलेको गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध कै जगमा आएको निष्कर्षसहित उनीहरु एमालेबाट बाहिरिएका हुन् ।

एमाले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि यहाँभित्र बसिरहन आवश्यक नठानेको उनीहरुले पत्रमा उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय