पौष २१, काठमाडौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले प्रमुख सचेतक सन्तोष परियारको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको हो ।कार्यदलमा कान्तिशिखा धिताल, डा.नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा.अच्युतम लामिछाने, मेघ आले र तोसिमा कार्की सदस्य रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्  ।

कार्यदलले ७ वटै प्रदेशमा साझेदार तथा संविधानविदसंग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय