पौष २१, काठमाडौ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संसदीय गणितका हिसाबले दुइ ठुला पार्टीहरू एमाले र माओबादी केन्द्रको केन्द्रीय समितिको वैठक एकै दिन (पौष २१) मा शुरू हुनु आकस्मिकता मात्र हुनसक्ने धारणा राखेका छन् । सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टाराईले निर्णयका आधारमा समानता/ असमानताको बारेमा टिप्पणी गर्ने बताएका हुन् । उनले अगाडि भनेका छन प्रमुख नेताहरूको प्रवृत्तिलाई हेरेर सहज अनुमान गर्न सकिन्छकी

उनीहरूले अर्कालाई पूरै अशुद्ध र आफुलाई चौवीस क्यारेटको शुद्ध ‘कम्युनिष्ट’ प्रमाणित गर्न न्वारानदेखिको बल लगाउनेछन् दुवै ठुला नेताका वफादारहरूले शब्दकोशमा भएका सबै शब्द छानीछानी आफ्नो सर्वोच्च नेताको देवत्वकरण र अर्कोको दानवीकरण गर्नेछन् । दुवैका बैठकमा तीस बर्ष पहिले विश्वका १६ देशमा कम्युनिष्ट पार्टीको एकल शासन भएकोमा अहिले किन ५ देशमा मात्र सीमित भए? संसदीय चुनावबाट सरकारमा पुगेका छिमेकी भारतका तीन प्रदेशमध्ये किन अब एउटा मात्र बाँकी छ? किन सत्तामा पुगेपछि आफुलाई सर्वहारावर्गको नेता भन्नेहरू उल्टै नयाँ नोकरशाही पुँजीपति वर्गमा रूपान्तरित हुन्छन् ?  कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् ? आदि गम्भीर प्रश्नहरूबारे खासै वहस छलफल हुनेछैन भट्टाराईले भनेका छन् ।

त्यसैले हाम्रो विनम्र सुझाव छन ।
– नेपालको विशिष्ठ भूराजनीतिक अवस्था, अत्यन्त पिछडिएको आर्थिक-सामाजिक संरचना, लामो समयसम्मको निरंकुश राजतन्त्रात्मक शासनप्रणाली आदिको सन्दर्भमा हिजो पुँजीवादी लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालमा ‘कम्युनिष्ट’ ब्राण्ड स्थापित र पपुलर भएको हो। अब २१ औं शताब्दीको नयाँ युगको नयाँ कार्यभार पुरानै कम्युनिष्ट भाष्य,नीति,कार्यक्रम,संगठन,नेतृत्व,शैलीबाट पूरा गर्न सम्भव छैन। वेलैमा आफुलाई आमूल रूपान्तरण नगरे पुरानै ‘कम्युनिष्ट’ ब्राण्ड अब क्रमशः क्षयीकरण हुँदै जाने मात्र हो। ( चीन लगायत हिजो पूर्ण जनक्रान्तिबाट एकल सत्तामा पुगेकाहरूको सन्दर्भ अर्कै हो।) अर्कोतिर, विश्व र नेपालमा कायम रहेको नव-उदारवादी पुँजीवादले ल्याएको विश्वव्यापी वस्तु र सेवाको प्रचुरता वीच चरम आर्थिक-सामाजिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हातहतियारको विभीषिक, ए.आइ. को संशय आदिले संसारले नयाँ उत्तर-पुँजीवादी विकल्प खोजेको प्रष्टै छ। नेपाल भने भर्खरै पुँजीवादी चरणमा संक्रमण गरेकाले एकैसाथ पुँजीवादी र उत्तर-पुँजीवादी राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक प्रणाली वीच तालमेल मिलाएर हिंड्नुपर्ने अत्यन्त चुनौतिपूर्ण अवस्थामा छ रहेकोले यसतर्फ छलफल बहस चलाउन उनले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय