पौष १७, काठमाडौं ।

संसदीय समितिले तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस्तो निर्देशन दिएको हो । बैठकको अन्तिममा समिति सभापति सोनाम गेल्जेन शेर्पाले, समितिको निर्णय सुनाउँदै जति सक्दो चाँडै गुठी विधेयक ल्याउन निर्देशन दिए ।

उनले भने, ‘समस्या छ समाधान गर्न जतिसक्दो छिटो गूठी विधेयक ल्याउन सरकारलाई यो समिति निर्देशन दिन्छ ।’ समिति सभापतिले दिएको निर्देशन सहितको निर्णयलाई समितिले अनुमोदन गरेको उनले जानकारी दिए ।












