स्वर्गिय शेर्पालाई मंगलबार नेकपा एमालेका केन्द्रिय सदस्य एवं रक्षा मन्त्री मानवीर राईले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोलुखुम्बू जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं.८ केरुङ्ग निवासी नेकपा एमालेका पूर्व जिल्ला कमिटि सदस्य तथा तत्कालिन जिल्ला विकास समितिका क्षेत्रिय सदस्य शेर्पाको उपचारको क्रममा ६४ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । शेर्पाको निधनले नेकपा एमालेले एक सशक्त पार्टी नेता गुमाएको मात्र नभई जिल्लाले एक राजनीतिक अविभावक समेत गुमाएको एमाले जिल्ला कमिटी सोलुखुम्बले बताएको छ ।

शेर्पालाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य आङ्ग दामी शेर्पा र ल्हाक्पा गेलु शेर्पा, कोशी प्रदेश सल्लाहकार परिषद सदस्य बच्चु नारायण श्रेष्ठ, सोलुखुम्बू काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष खड्क नारायण राई लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । शेर्पाको पार्थिव शरिरलाई मंगलबार बौद्ध परम्परा अनुसार काठमाडौं स्थित टेकुमा अन्तिम दाहसंस्कार गरिएको छ ।











