पौष १४, सल्लेरी सोलुखुम्बु।
हिमाली जिल्ला सोलुखुम्बुको एकमात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकाको प्रशासकिय भवनको आज उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र रक्षामन्त्री मानविर राईले सयुक्त रुपमा शिलान्यास गरेका छन ।


जिल्ला समन्वय समितिले हस्तान्तण गरेको २ रोपनी जग्गामा ईटाको जग हालेर मन्त्रीद्वयले शिालान्यास गरेका हुन । भ्याटसहित ७ करोड १४ लाख १९ हजार ३ सय ६३ रुपैयाँमा आगामी २०८२ साल चैत ३० गते सम्पन्न गर्ने गरि २०८१ साल कार्तिक ५ गते आर.एम.सि.पिआर एच बि जेभिले ठेक्का सम्झौता गरेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले काँग्रेस–एमालेको गठबन्धन संविधान संसोधनकै लागि बनेको बताएका छन । संविधानलाई सबैको अपनत्व हुने गरि संसोधन गर्न दुई ठूला दल मिल्नु परेको भन्दै यो गठबन्धन लामो समयसम्म जाने जिकिर गरे ।

विकास निर्माणका काम गर्दा प्रकृति रहेर वातावरण मैत्री बनाउनु पर्नेमा उनले जोड दिए । २०४६ सालमा पहिलो पल्ट सोलुखुम्बु आएको स्मरण गर्दै ४० वर्ष पछि पुन आउन पाउदा खुसी लागेको बताउँदै मन्त्री सिंहले सोलुखुम्बुको विकासका लागि आफु संवेदनशील रहेको बताए। सोलुखुम्बुका संघीय सांसद तथा रक्षामन्त्री मानविर राईले अहिलेको सरकारले भष्टचार गर्ने जोकोहिलाई पनि नछाड्ने धारणा राखे।

सोलुखुम्बुको सम्रग विकास निर्माणका लागि आफु क्रियाशिल रहेको भन्दै राईले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेल जाँदा सडकमा कार्यकताहरुले विरोध प्रर्दशन गरेको प्रति आपत्ति जनाए। यस्तै कार्यक्रममा बोल्दै कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुले सबैभन्दा बढि राजश्व सरकारलाई बुझाउने भएपनि सोलुखुम्बुका लागि कम वजेट आएको भन्दै आक्रोश व्यक्त गरे ।
सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले केन्द्र र प्रदेश सरकारसँग सानो योजनाका लागि नगरपालिकाले बजेट माग नगर्ने जानकारी दिए ।













