पौष ८, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी गरेको छ । पार्टीका एक शीर्ष नेताले अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी भईरहेको बताएका छन् ।


‘कार्यवाहकको जिम्मेवारी डिपीजीले नै पाउने हो‚ ती नेताले भने‚ तर अहिलेसम्म पार्टीले निर्णय भनी गरिसकेको छैन ।’ ती नेताले भने आज जुम मार्फत सचिवालय बैठक बस्ने तयारी भएको छ । सोही बैठकले अर्याललाई कार्यवाहक दिन सक्ने उनको भनाइ छ ।अर्याललाई कार्यवाहक बनाउन यसअघिनै पार्टी उपसभापति स्वर्णिम वाग्लेले सहमति जनाई सकेका छन् ।











