पौष ७, काठमाडौ।
रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आईपुगेको छ । आइतबार अबेला निलम्बन सिफारिसको चिठी आइपुगेको र कार्यालय समय घर्केकाले यसबारे सोमबार मात्र थप प्रक्रिया अघि बढ्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।


सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै अभियोग पत्रमा निलम्बन माग भएको थियो ।












