पौष ५, काठमाडौ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि १ बजे बस्ने गरी स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका एजेण्डाहरु प्रस्तुत गरेका छन ।

अध्यक्ष लिङ्देनले उपनिर्वाचनको समीक्षा, केन्द्रीय समितिको आगामी बैठक र सामाजिक संजालको नियमन जस्ता विषय लाई बैठकको एजेण्डा बनाएर प्रस्तुत गरेका छन । सोही एजेण्डामा सदस्यहरूले आआफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । बैठकमा आफ्नो धारणा राख्दै पुर्वअध्यक्ष तथा पार्टीका वरिष्ठ नेता पशुपति शम्सेर राणाले उपनिर्वाचनमा पार्टीले प्राप्त गरेको मतले सबैलाई निराश बनाएको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । यो मत परिणामले फेरि एकपटक सबैलाई चिन्तित बनाएको छ । कमीकमजोरी खोजेर सुधार गर्दै अगाडी बढ्नुपर्ने भन्दै गम्भीर छलफल आवश्यक भएको उनले धारणा राखेका छन् ।शुक्रबार मध्यान बाट सुरु भएको बैठकमा सबैले धारणा राख्ने भएकोले बैठक भोलिपनि बस्ने भएको हो । आन्दोलनमा जाने, समान विचारधारा भएकाहरू सग कार्यगत एकता गर्ने, उपनिर्वाचनको समीक्षा सहित राष्ट्रिय राजनीतिमा राप्रपाले कस्तो भुमिका खेल्छ भन्ने यतिबेला आमचासो बनेको छ । राप्रपामा तत्काल आन्दोलनमा जाने की नजाने भन्ने विषय निकै पेचिलो बनेको छ । पार्टीको एजेन्डा स्थापित गराउने भए सडक आन्दोलनको विकल्प नभएको महामन्त्री धवल शम्शेर राणा पक्षका नेताहरुको भनाइ छ भनी लिङदेन पक्षका नेताहरु संगठन निर्माणमा जुट्नुपर्ने रटान लगाई रहेका छन् । भोलिको बैठकले निर्णय गर्ने भएकोले भोलिसम्म कुर्नुको विकल्प नभएको नेताहरुले बताए ।

गत मंसिर १६ मा भएको उपनिर्वाचनमा राप्रपाले देशका प्रायः सबै स्थानमा लज्जास्पद हार व्यहोर्नु परेको थियो । यी सबै विषय आगामी माघको दोर्सो हप्ता बस्ने केन्द्रीय समितिको बैठकमा पनि छलफल हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय