पौष ५, गुल्मी।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) तोडफोड गरेका छन्। यस घटनाप्रति प्रतिक्रिया जनाउँदै थापाले आफ्नो पालिकाका सेवाग्राहीहरूले समयमै सेवा नपाएपछि बाध्य भएर त्यस्तो कदम उठाएको बताएका छन ।


उनले आफूले तोडफोड गरेको स्वीकार्दै भने, “सेवा लिन आएका जनतालाई प्रशासनले बेवास्ता गरेको देख्दा असह्य भयो। जनताको समस्याको समाधान नहुँदा मैले आवाज उठाएको हुँ।” यसरी कानुननै आफ्नो हातमा लिएर कार्यालय तोडफोड गरेपछी प्रशासनले उनलाई कस्तो कारवाही गर्छ त्यो भनी हेर्न बाकी छ ।











