पौष ५, काठमाडौं ।
बन्द भएको झन्डै २५ वर्षपछि हेटौँडा–काठमाडौँ रोपवे पुनःसञ्चालनका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । सम्भाव्यता अध्ययनका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्यक्रममा समेटेको छ ।


मन्त्रालयका प्रवक्ता भूपेन्द्रकुमार यादवले पूर्व सम्भाव्यता अध्ययनका लागि ५ लाख बराबर बजेट विनियोजन गरिएको बताए । सम्भाव्यता अध्ययनका लागि वार्षिक कार्यक्रममा समेटेका छौँ । अध्ययन गर्नका लागि तयारी हुँदै छ ।

रोपवे सञ्चालन गर्न सकिन्छ, सकिँदैन भन्ने यस अध्ययनले थाहा हुन्छ, प्रवक्ता यादव बताए , पुनः सञ्चालन हुने रहेछ भने आगामी आर्थिक वर्षमा सञ्चालनका लागि बजेट विनियोजन गर्ने तयारी गरेको उनले जानकारी दिए । अहिले आन्तरिक रूपमा छलफल भइरहेको र छिटोभन्दा छिटो अध्ययन सुरु गर्ने उनले स्पष्ट पारे ।











