राजेन्द्र बस्नेत ।

मंसिर २९ दाङ ।

पछील्लो समय राजसंस्था फर्काउनुपर्ने माग र आवाज बढ्दै गएका बेला हौसिएका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाइ रहेका छन्  ।यतिबेला पश्चिम नेपालको भ्रमणमा रहेका उनी धार्मिक, व्यक्तिगत र पारिवारिक घुमघाममा बाकेको नेपालगंजलाइ मुकाम बनाएर पश्चिम नेपालका शक्ती पीठहरुको पुजा अचर्ना गरिरहेका छन।

सोही क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले मंसीर २९ गते शनिबार छोरीका साथ घोराही उपमहानगरपालीका धारापानी पाण्डेवेश्वर मन्दिरको दर्शन गरेका छन् । मन्दिर दर्शन गर्न पुगेका शाह लाई स्थानियले भव्य स्वागत गरेका छन ।

केहीदिन देखि नेपालगन्जमा रहनुभएका पूर्वराजा शाह पश्चिम नेपालकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्र पाण्डेवेश्वर मन्दिरको दर्शन गर्न पुगेका हुन ।

 

सो वसरमा पूर्व राजा शाहलाई मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष गणेश अधिकारीले मन्दिर दर्शन गराउँदै विशेष पूजा गराएका छन् ।u

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय