
मंसिर २७, काठमाडौं ।
भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रधानसेनापति अशोकराज सिग्देल लाई प्रदान गरेकी छिन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देललाई बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा उक्त दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

नेपाल–भारत बीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुव दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा चलिआएको छ ।












