मंसिर २५, बर्दिया ।
परिवार सहित मध्यपश्चिम भ्रमणमा निस्किएका पुर्व राजा ज्ञानेन्द्र शाहले मध्यपश्चिम क्षेत्रकाे नेपालगन्जमा रहेको प्रशिद्ध धार्मिकस्थल श्री बागेश्वरी मन्दिर पुगि पूजा तथा दर्शन गरेका छन ।


सो अवसरमा शाहका साथमा श्रीमती कोमल छोरिहरु प्रेरणा राज्य लक्ष्मी देवी सिंह, पूजा राज्य लक्ष्मी देवी शाही तथा शिताष्मा राज्य लक्ष्मी देवी शाहले पनि पुजा गर्नुका साथै मन्दिरको दर्शन गरेका हुन।
यस्तै पुर्व राजा शाहले मंगलबार बर्दिया जिल्लाकाे बारबर्दिया नगरपालिका -६ जयनगरमा श्री कृष्ण प्रणामी सेवा समिति नेपालद्वारा आयाेजित भागवत्, धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा पुगि पूजाअर्चना गर्नुका साथै भागवत कथा श्रवण गरेका छन ।

उक्त कार्यक्रममा पुग्दा हजारौंको संख्यामा उपस्थित समर्थक तथा स्थानीय जनसमुदायबाट शाह लाई भव्य स्वागत गरिएकाे थियो। निकै सरल र शालीन देखिएका पुर्व राजा शाहले सर्वसाधारण सग कुराकानी गर्दै देशको अवस्था बुझ्ने प्रयत्न गरेका छन ।
पछिल्लो समय दलहरु प्रती रुष्ट बनेका जनताहरुको सद्भाव बटुल्न देश दौडाहामा शाह निस्किएको चर्चा राजनितीक वृत्तमा चल्ने गरेको छ ।
मध्यपश्चिम भ्रमण कार्यक्रमका तस्बिरहरू :















