मंसिर २५, नेचा सोलुखुम्बु ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत पालिकाभर बिबिध कार्यक्रम सन्चालन गर्दै आएको नेचासल्यान गाउँपालिकाले मंगलबार वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको छ ।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज १६ औं दिन अन्तर मा.वि स्तरीय छात्र र छात्राको वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि अभियानको समापन गरिएको हो। 
समापन समारोह लाई सम्बोधन गर्दै उपाध्यक्ष बिना राईले घरेलु हिंसा न्यूनीकरण गर्न सबै सकृय हुनुपर्ने कुरामा जोड दिइन । हिंसा सहेर बस्नु अपराध भएको बताउदै राईले समयमै यसको उपचार खोज्नुपर्ने धारणा व्यक्त गरिन । कार्यक्रममा सहभागी विद्यार्थीहरुले हिंसाको न्यूनीकरण गर्न दिएको प्रस्तुति सन्तोषजनक भएको उनले बताइन ।

कार्यक्रममा सहभागी बिद्यार्थीहरुले पनि अन्याय र हिंसा सहेर बस्न नहुने कुरामा जोड दिए। उनिहरुले आफ्नो अभिव्यक्ति मार्फत घरेलु हिंसा भएमा सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने धारणा राखेका छन ।














