
खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लिले भवन र जग्गा उपयोग गरेबापत ५ करोड रुपैयाँभन्दा बढी भाडा रकम नतिरेको भन्दै स्काउटले राज्यव्यवस्था समितिमा २०८० माघ १४ मा निवेदन दर्ता गराएको थियो ।
राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा ऊर्जामन्त्री खड्काका सम्बन्धमा आएको उजुरी सदस्यहरूलाई वितरण गरिएको समितिका सभापति रामहरि खतिवाडाले जानकारी दिए ।
उक्त उजुरी दर्ता भएको १० महिनापछि समिति सदस्यहरूलाई वितरण गरिएको हो । पछिल्लो समय ऊर्जामन्त्री भएपछि खड्काले कुलमान लाई गरेको व्यवहार र प्राधिकरणमा कार्यालय बनाएर बसेपछि रुष्ट बनेका विपक्षी दलहरु लाई खड्काको यो प्रकरणले थप चिढ्याउने देखिन्छ भनी उनी माथि नैतिक दबाब सिर्जना भएको छ ।













