मंसिर २४, रामेछाप।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ साेर्तमुमा रहेको गाउँपालिकाकाे एकमात्र सामुदायिक क्याम्पस श्री सिद्धेश्वर शिक्षा पब्लिक क्याम्पसकाे १९ औं वाषिर्कोत्सव र क्याम्पस सभा क्याम्पसका संस्थापक तथा संरक्षक पुर्व मन्त्री आङ छिरिङ लामा शेर्पाकाे सभापतित्वका साथै उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारकाे प्रमुख आतिथ्यततामा सम्पन्न गरेको छ ।


कार्यक्रमना गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, शिक्षाप्रेमी, समाजसेवी हिक्मत बहादुर कार्की, ललितकला क्याम्पस उपप्रध्यापक नरेन्द्र प्रसाद भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेल, प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी, क्याम्पसका प्रमुख ज्ञान बहादुर क्षेत्री, संस्थापक उपाध्यक्ष तथा समाजसेवी कुमार कार्की, संस्थापक सदस्य तथा समाजसेवी गेल्जे लामा शेर्पा, जग्गादाता तथा क्याम्पस सञ्चालक समिति सदस्य समाजसेवी जाङ्बु लामा शेर्पा, जग्गादाता पेम्बा छिरिङ लामा शेर्पा, क्याम्पस संचालन समितिका सदस्यहरू, उमाकुण्ड गाउँपालिका वडा नं १ देखि ७ सम्मका वडा अध्यक्षहरू, माविका प्रधानाध्यापकहरू, क्याम्पसका सेवाक्षेत्र अन्तर्गत लिखुपिके गाउँपालिका वडा नं १ देखि ५ सम्मका वडा अध्यक्ष तथा माविका प्रधानाध्यापकहरू, दुवै गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार, शिक्षक, विद्यार्थी लगायत प्राज्ञिक व्यक्तित्वहरूकाे उपस्थितिमा भव्य ढंगबाट सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा क्याम्पस स्थापनाका लागि अतुलनीय याेगदान पुर्याउनु हुने जग्गादाता, समाजसेवी तथा संचालक समितिका सदस्यहरू लगायत सहयाेगी महानुभावहरूलाई कदरपत्र तथा दाेसल्लाले सम्मान गरिएकाे थियाे ।

साेही कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगदीश बस्नेतले क्याम्पसकाे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । कार्यक्रमकाे अन्त्यमा, उक्त वार्षिक प्रगति प्रतिवेदन, क्याम्पसकाे आ.व २०८०/०८१ लेखापरीक्षण प्रतिवेदनलाई सभाले अनुमाेदन गर्दै क्याम्पसकाे नयाँ संचालन समिति र क्याम्पस प्रमुख समेत चयन गरेको छ ।
सभाले नवगठित क्याम्पस संचालन समिति तथा गरिमामय क्याम्पस प्रमुख पदमा जगदीश बस्नेतलाई चयन गरेको छ। सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
साथै आगामी दिनमा यस क्याम्पसकाे समृद्धि र प्रगतिका लागि उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले सदैव सहयोगी भन्ने प्रतिवद्वता समेत व्यक्त गरेको छ । 












