मंसिर २४, काठमाडौ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष ‘प्रचण्ड’ले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दासमेत गरेका छन् ।











