मंसिर २४, काठमाडौं ।

एभिन्युज खबरका पुर्वएभीन्युज खबरकर्मीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् । एभिन्युज खबरमा विभिन्न पदमा कार्यरत पूर्व कर्मचारीहरूले लामो समयदेखि आफ्नो पारिश्रमिक नदिएको भन्दै केन्द्रीय कार्यलय चक्रपथमा घेराउ गरेका हुन् ।

श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैशीसहित कार्यलय पुगेका कर्मचारीले हाम्रो वर्षौंदेखिको पारिश्रमिक खै भन्दै नारा लगाएर विरोध गरेको छन् । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जैशीले श्रमजीवी पत्रकारले कुनैपनि हालतमा पारिश्रमिक पाउनुपर्ने जिकिर गरे। साथै उनले पारिश्रमिक नपाएसम्म आफू श्रमजीवीको पक्षमा लडिरहने बताए । पूर्व कर्माचारीहरू मामारा थापा, निशा देउजा, विवेक गुरुङ लगायतले आफूहरूले एभिन्युज खबर छोडेको २ वर्ष पुग्दा पनि पारिश्रमिक नपाएको गुनासो गरे । टेलिभिजनले पटकपटक पैसा दिन्छु भनेर भाका दिने तर तोकेको मितिमा फोन नउठाउने, सम्पर्कविहीन हुने, दिन्छु/दिन्छु भन्दै टार्दै आएको भन्दै पीडितहरु आक्रोशित भएका छन्।

आइतबार केन्द्रीय कार्यलय धर्ना गर्न पुगेका कर्मचारीहरूले कुनैपनि हालतमा आफ्नो पारिश्रमिक लिएरै छोड्ने बताए । उनीहरूले भने, “कुनैपनि हालतमा हाम्रो पारिश्रमिक छाड्ने छैनौँ, उपत्यका बाहिर रहेका साथीहरू पनि आउदै हुनुहुन्छ ।
पिडित पत्रकारहरूले आफूहरूको माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । एभिन्युज खबर व्यवस्थापनले भने छानबिन गरेर बाँकी रहेको पारिश्रमिक दिने बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय