मंसिर २२, कास्की।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । उनले शनिबार दिउँसो कास्की प्रहरीको हिरासतमा पुगेर रविलाई भेटेका हुन् ।


उनले रविलाई भेटेपछि चितवनमा अमानवीय व्यवहार गरेर प्रतिशोध साँधन लाई पक्राउ गरेको संकेत गरे । प्रतिशोध नभइदिएको भए अरु मान्छेलाई पनि थुन्नुपर्थ्यो । किनभने अरु पनि छन् सहकारीमा । कानूनी राज्यको सबैले पालना गर्नुपर्छ’, उनले भने, ‘अहिले जुन हिरासतमा अमानवीय व्यवहार गरिएको छ । यसमा खेद प्रकट गर्छु शाहीले भने ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो भनी पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि केही दिनमा पर्सा लग्ने प्रहरीको तयारी छ ।











