मंसिर २१, काठमाडौ।

भुटानका राजा जिग्मे खेसार वाङचुकले बौद्धनाथ तथा स्वयम्भूनाथको दर्शन गरेका छन् । निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ पुगेर पूजा गरेका छन् । स्वयम्भूमा पूजा गरिसकेर उनी बौद्ध पुगी त्यहाँ पनि पुजा गरेर फर्केका छन् ।

भुटानका राजा स्वयम्भू पुग्दा उनलाई स्वयम्भूनाथ व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा स्वागत गरेका थिए । करिब आधा घण्टा त्यहाँ रहेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन समेत गरे ।

आज बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम रहेको थियो  । भारतको राजधानी नयादिल्ली बाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भुटानी नरेश लाई परराष्ट्र मन्त्री आरजु राणाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय