मंसिर १८, सोलुखुम्बु।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टी अध्यक्ष राजेन्द्र बस्नेतको प्रमुख आतिथ्यता तथा जिल्ला अधिवेशन आयोजक समितिका संयोजक बाल कुमार खड्काको सभापतित्वमा सोमबार अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले राजकुमार बस्नेतको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत रूपले निर्वाचित गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र बस्नेतले बताए  ।

यस्तै प्रदेश १ (क) को अध्यक्षमा एका बहादुर बस्नेत, प्रदेश १ (ख) को अध्यक्षमा दावा तामाङ निर्वाचित हुँदा थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा प्रकाश लामिछाने, लिखुपिके गाउँपालिकाको अध्यक्षमा विजय बस्नेत र सोलुदुधकुण्ड नगरपालिकाको अध्यक्षमा बाल कुमार खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।

सङ्गठनले आगामी कार्य योजना बनाई युवा मैत्री कार्यक्रम सञ्चालन गर्ने, भ्रष्टाचार नियन्त्रणको लागि वडा तहदेखि खबरदारी गर्ने, पार्टीको निर्देशन अनुसारका अन्य क्रियाकलापहरू अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष राज कुमार बस्नेतले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा राप्रपा सोलुखुम्बुका अध्यक्ष राजेन्द्र बस्नेतले युवा सङ्गठन पार्टीको मेरुदण्ड भएको भन्दै पार्टीको एजेन्डा स्थापित गर्ने अभियानमा सक्रियता पूर्वक लाग्न निर्देशन दिए । देशका बढिरहेको भ्रष्टाचार, अनियमितताका कारण वैदेशिक रोजगारमा दैनिक हजारौँको सङ्ख्यामा युवाहरू बिदेसिनु चिन्ताको विषय भएको भन्दै अध्यक्ष बस्नेतले यसतर्फ गम्भीर भएर सोच्न र कार्ययोजना बनाउन पनि युवा सङ्गठनको ध्यानाकर्षण गराए । राप्रपाका वरिष्ठ उपाध्यक्ष पासाङकाजी लामाले युवाहरु राजनीतिमा आउनुपर्ने कुरामा जोड दिदै युवाहरू जति राजनीति बाट टाढा हुन्छन् त्यति विकृति बढी रहेको धारणा व्यक्त गरे ।

राप्रपाको भातृ सङ्गठनको रूपमा रहेको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको कार्यकाल ४ वर्षको रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय