मंसिर १६, काठमाडौ।

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अधिकारीविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले  दर्ता गर्न अस्वीकार गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि प्रशासनले दरपीठ गरेको हो। सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले उक्त रिट दर्ता नमिल्ने आदेश गरेका हुन्।

यसअघि अधिकारी मानव तस्करी प्रकरणमा निर्दोष रहेको ठहर गर्दै काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय