मंसिर १५, काठमाडौ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूविरुद्ध झुट कुरा बोलेको आरोप लगाएका छन्।

कांग्रेस महामन्त्री थापाले आफ्ना सभापति शेरबहादुर देउवालाई प्रचण्डले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै हप्ताको एकपटक खबर पठाउने गर्दै आएको भनी गरेको दाबी झुट भएको प्रचण्डले बताएका हुन्।

शनिबार खुमलटारमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले एउटा सम्भावना बाकेको युवा नेता गगनले यति तल झरेर झुट बोल्लान् भनेर आफूले कल्पनै नगरेको टिप्पणी पनि गरे।











