विभिन्न राजनीतिक दलका नेताहरूले करिब तीन वर्ष सभामुखको जिम्मेवारीमा रहँदा ढुङ्गानाले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई सन्तुलित रूपमा स्थापित गराउन सशक्त भूमिका निर्वाह गरेकोे स्मरण गरेका छन् । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

‘नेपालको राजनीतिमा अपूरणीय क्षति’

नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वसभामुख ‘दमनाथ ढुङ्गानाको निधनले ठूलो क्षति भएको बताएका छन ।  दाहालले ढुङ्गानाको शान्ति स्थापना , लोकतन्त्र प्राप्ति र सुदृढीकरणमा ठूलो योगदान रहेको स्पष्ट पारे ।  आफूलाई लागेको कुरा स्पष्ट बोल्ने बानीका कारण पार्टीले पछिल्लो समय भूमिका दिएन । उहाँ अत्यन्त सफल सभामुख हो । सन्तुलित ढङ्गले संसद्लाई सञ्चालन गर्न सक्ने खुबी भएको, दूरदृष्टि र लोकतन्त्रप्रति प्रतिबद्ध सभामुख हुनुहुन्थ्यो । सफल राजनीतिक व्यक्तित्वका साथै मानवअधिकारवादी पनि हुनुहुन्थ्यो । लोकतन्त्रका लागि आजीवन योगदान दिनुभएका ढुङ्गानाको देहवसान नेपालको राजनीतिमा दुःखद र अपूरणीय क्षति हो दाहालले भनेका छन् ।

सत्ता सरकारको र संसद् प्रतिपक्षको हो भन्नेमा स्पष्ट’

राप्रपाका नेता तथा पुर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनी  भन्छन्, ‘ दमननाथ ढुङ्गानाको सभामुखको भुमिका अत्यन्तै निष्पक्ष रहेको र सत्ताको प्रभावमा नपरेको बताउँछन्  । लोकतन्त्र, प्रजातंत्र र सामाजिक न्यायको पक्षमा उभिने उहाँ कसैप्रति अन्याय नहोस् भन्ने भावना राख्नुहुन्थ्यो । मानवअधिकारवादीका रूपमा पनि आफूलाई स्थापित गर्नुभयो उहाँ सफल सभामुख हो ।

उहाँले ‘सरकार भनेको सत्ता सञ्चालनका लागि हो, संसद्मा विपक्षीको आवाज उठ्नुपर्छ, विपक्षीलाई समय दिनुपर्छ र उसका कुरा सुन्नुपर्छ’ भन्ने नयाँ लोकतान्त्रिक मूल्यमान्यता ल्याउनुभयो । ‘बहुमतका आधारमा पेल्ने’ सोच अस्वीकार गर्दै त्यसलाई व्यवहारमा उतार्नुभयो । राजनीतिक दलहरूले दमनाथ ढुङ्गानालाई आ–आफ्ना ढङ्गले प्रयोग गरे पनि उहाँका विचार र विशेषतालाई आत्मसात् गरेनन् । उहाँको सम्मानमा आज सरकारले शोक बिदा दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय