कहिले प्रधानमन्त्री लाई त , कहिले संघिय सरकार मातहतका कार्यालयहरुको कार्यशैली प्रति असन्तुष्टि जनाउदै आएका काठमाडौं महानगर प्रमुख बालेन शाहले स्थानीय तह उपनिर्वाचनमा के गर्छन भन्ने आमचासो बढेको छ । उपनिर्वाचनका लागी आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।

काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने चासोका बिच बालेनको तर्फबाट स्थानीय तह उपनिर्वाचनमा कहीँ पनि उम्मेदवार खडा नगरिएको मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले जानकारी दिए ।

उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने उनले स्पष्ट पारे । उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको धारणा राखे ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि उपनिर्वाचन हुदै छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय