काठमाडौ ।
मालपोत कार्यालयका ४ सय १८ कर्मचारी सरुवामा बिचौलियाको भुमिका निर्वाह गरेका प्रमोद खड्का मार्फत बोलकबोल गरी ६ करोडभन्दा बढी उठाएको बिबाद खेपिरहेका भूमि,ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अनुगमनका नाममा समेत असुली गर्ने गरेको पाइएको छ ।

मन्त्री अधिकारी केही दिनअघि कोशी प्रदेशका कार्यालय अनुगमनको नाममा जम्बो टोली र अनावश्यक व्यक्ति लिएर सङ्खुवासभा, झापा र विराटनगर गएका छन । पत्नीसहित कोशी प्रदेशका जिल्ला भ्रमणमा गएका मन्त्री अधिकारीले सङ्खुवासभाको खाँदवारिमा एक वर्षअघि नै संचालन भएको मालपोत कार्यालयको उद्घाटन गरेका थिए । एक वर्षअघि नै संचालन भएको कार्यालयको भवन उद्घाटन गर्न र शिलालेखमा नाम लेखाउने रहर पूरा गर्न मन्त्रीले काठमाडौँबाट लिएर गएको ९ जनाको जम्बो टोलीको खाँदबारी (तुम्लिङटार) सम्मको हवाई भाडा मात्रै १ लाख भन्दा बढीको छ ।
सरकारलाई अनावश्यक व्ययभार पार्दै कात्तिक ८ गते बिहीबार चैनपुर पुगेको मन्त्रीको जम्बो टोलीको लागि स्वागत सत्कार गरेको खर्च कसरी मिलाउने भनेर खाँदबारी मालपोत कार्यालयका प्रमुख पुर्पुरोमा हात लगाउन बाध्य भएको श्रोत बताउँछ । खाँदबारीबाट मन्त्रीको जम्बो टोली कात्तिक ९ गते विराटनगर पुगेको थियो । विराटनगरमा एउटै कोठाको १० हजार रुपैयाँ पर्ने महँगो बिग होटेलमा खानपिन गरी मन्त्रीपत्नी सहितका स्वकीय सचिव र स्टोर किपर युवराज गिरीले नापी कार्यालय मोरङका प्रमुख गिरिशचन्द्रलाल कर्णलाई लिएर जोगवनी सपिङमा गएको तथ्य बाहिर आएको छ भनी उनिहरुका बिरुद्ध अख्तियारमा उजुरी पर्न सक्ने श्रोतले बताएको छ । श्रोतका अनुसार विराटनगर नापीका प्रमुख कर्णले मन्त्री पत्नीको सपिङको सोख पूरा गर्नुपरेको थियो । मालपोत र नापीको अनुगमन गर्न गएका मन्त्री अधिकारीले बिग होटलमै कार्यालय प्रमुखहरुलाई बोलाएका थिए । कार्यालयमा नगई होटेलमा बोलाइए पनि मालपोत कार्यालय विराटनगरका प्रमुख भानुभक्त न्यौपानेले मन्त्रीको उर्दीलाई ठाडै अवज्ञा गरी दिएका छन । नापी कार्यालयका प्रमुख दिलीप सिंहले कार्य प्रगति विवरण बुझाएको भन्दै मन्त्रीसहितको जम्बो टोलीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि मन्त्रीको कर्तुत बाहिर आएको हो ।
भूमिसुधार मन्त्री मन्त्रीको जम्बो टोलीमा उनकी पत्नी, सहसचिव मदन कोइराला, स्वकीय सचिव थानेश्वर अधिकारी, निजी सचिव अनिल मरासिनी, कानुन अधिकृत गोकुल भुजेल, नासु (स्टोर किपर) युवराज गिरी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निमित्त महानिर्देशक वेदप्रसाद अर्याल र निर्देशक रोशनशंकर घिमिरे थिए । होटेलदेखि प्लेन खर्च विराटनगर, झापा र खाँदवारिका हाकिमहरूलाई बेहोर्न लगाएर मन्त्रालयबाट सबै बिल भुक्तानी लिने गरी सबै बिल स्टोर किपर युवराज गिरीले संकलन गरी ल्याएका छन् । गिरि सिंहदरबार भित्र शक्तिको आडमा बसेर देश लुटने भ्रष्ट कर्मचारीका नाइके हुन। त्यही बिल संकलन गरी भुक्तानी गराउनकै लागि स्टोर किपर गिरीलाई लगिएको मन्त्रालयकै अधिकारीको दाबी छ ।
मन्त्री अधिकारीले अनुगमनका नाममा अनावश्यक रुपमा ९ जनाको काठमाडौं– तुम्लिङटार, तुम्लिङटार–विराटनगर, विराटनगर–काठमाडौंमा गरी हवाई भाडामात्रै १० हजारका दरले ३ लाख भन्दा बढी खर्च गरेका छन् । महँगो होटेलको बसाई र सबै खर्च गर्दा उपलब्धिहीन मन्त्री अधिकारीको घुमघाममा लाखौँ खर्च भएको छ । भूमिब्यवस्था मन्त्रालयका एक अधिकारीले प्रश्न गरे–‘स्टोर किपर, पिएदेखि श्रीमती समेतलाई अनुगमनमा किन लानुपरेको हो ? यस्तै भूमिब्यवस्था मन्त्रालयका लेखा नियन्त्रक चन्द्रप्रसाद भुसाल र लेखा अधिकृत तेजप्रकाश भण्डारीबिच धुलिखेल गोष्ठीको हिसाबकिताबलाई लिएर बोलचाल नै बन्द भएको छ । स्रोतका अनुसार धुलिखेल गोष्ठीमा देखाइएको खर्च र त्यसबाट निकालिएको कमिसनको विषयलाई लिएर भुसाल र भण्डारीबिच बोलचाल बन्द जस्तै छ । धुलिखेल बैठकमा देखाइएको खर्चबाट ठूलै लाभ भएकाले मन्त्रीले समेत माग गरेपछि उनीहरूबिच मनमुटाब सृजना भएको मन्त्रालय श्रोतको कै दाबी छ ।











