कार्तिक १३, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आन्दोनलाई कमजोर बनाउन सरकारले तर्साउन र धम्क्याउन सक्ने भन्दै त्यसको प्रतिवाद गर्न नेता कार्यकर्तालाई निर्देशन दिएकी छन् । रास्वपाकी सहमहामन्त्री समेत रहेकी श्रेष्ठले मंगलबार बालुवाटाको प्रदर्शनलाई सम्बोधन गर्दै विरोधका कार्यक्रम जारी राख्ने बताइन् ।

उनले भनिन्, ‘हामीलाई अब दबाउन, थर्काउन खोज्छन्, हामीलाई कमजोर बनाउने प्रयास गर्छन् । त्यसका लागि देश परिवर्तन गर्न हिँडेका हामीले दु:ख दिनेहरूको प्रतिकार गर्ने आँट गर्नुपर्छ । उनले रास्वपालाई तर्साउने र धम्क्याउन नछाड्ने र छानीछानी प्रतिशोध साँध्ने काम हुने भएकाले प्रतिरोधका लागि तयार रहन नेताकार्यकर्ता लाई आग्रह गरिन् । रास्वपाले सभापति रवि लामिछाने लाई सहकारी ठगीमा पक्राउ गरेदेखि सडक आन्दोलन गर्दै आइरहेको छ ।  सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाले अदालतको प्राङ्गनमा बसेर आन्दोलनको नाममा अराजकता प्रदर्शन गरिरहेको टिप्पणी गरेका थिए । त्यसको जवाफमा आज बालुवाटार घेराउ गर्न पुगेका रास्वपाको नेताहरुले सरकार निरङ्कुश भएको र राजनीतिक प्रतिशोध साँधेको भन्दै सरकार विरुद नाराबाजी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय