कात्तिक ११, काठमाडौं ।

लामो समय सत्तामा बसेको नेकपा माओवादी केन्द्रले शनिबार राजधानी काठमाडौंमा खबरदारी सभा सम्पन्न गरेको छ ।सभामा माओवादीका शीर्ष नेताहरुले सरकारलाई सुशासनको अभियान नरोक्न खबरदारी गरेका छन भनी खबरदारी सभाको औचित्यमाथि उठेको आशंकाप्रति प्रष्टोक्ति दिने प्रयास गरे।

प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको माओवादी केन्द्रको खबरदारी सभा त्यस्तो बेलामा भएको छ कि अर्को विपक्षी दल रास्वपाका सभापति रबि लामिछाने सहकारी ठगी र संगठित अपराध काण्डमा कात्तिक -२ मा पक्राउ परेपछि रिहाई गर्न रास्वपाले माग गरेर सडक आन्दोलन गरिरहेकै बेला प्रमुख प्रतिपक्ष दलको प्रदर्शन प्रती हुनसक्ने सम्भावित टिप्पणीका बारे पहिले नै  छलफल भएको माओवादीका नेताहरूले बताए ।

नेताहरुले त्यो छलफलमा रविलाई प्रोटेक्ट गर्न सकिन्न । अरु जोजो संलग्न छन्, उनीहरुलाई पनि कारबाही गर्न र पीडितलाई न्याय दिन दबाब दिनुपर्छ भन्ने नै हाम्रो साझा निष्कर्ष निकालेका थिए जुन कुरा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले बताए । उनले , सुर्य थापा नेतृत्वको सम्सदिय समितिले दोषी देखाएका लेखा समितिका सभापति ऋषिकेश पोखरेल र काङ्ग्रेस उपसभापति धनराज गुरुङ लाई किन छानबिन नगरेको भन्दै सरकारसग प्रश्न गरे? यो सरकारको रबैया हो आफ्ना लाई काखा र अर्कोलाई पाखा गर्ने काम माओवादी केन्द्र लाई मान्य नहुने उनले चेतावनी समेत दिए।

प्रधानमन्त्री ओलि प्रती निकै आक्रामक देखिएका प्रचण्डले काङ्ग्रेस र एमालेको संगतले आफुहरु पनि बिग्रेको बताउदै अब त्यस्तो गल्ती नगर्ने स्पष्ट पारे । जालझेल , षड्यन्त्र र बैमानहरुको संगतले हामी पनि बिग्रेका छौ अब सुध्रने हो जनताको माझमा जाने हो भन्दै यो सानो खबरदारीले नै सरकार कामेको बताए ।

आगामी निर्वाचन माओवादी एक्लै लडने बताएका प्रचण्डले गठबन्धन गर्नैपरे पनि काङ्ग्रेस र एमाले सग भनी नहुने धारणा राखे । सगै स्वर्ग र नर्क जाने बताएकाहरु रातारात षड्यन्त्र गरेर देशलाई भष्टाचारको दलदलमा फसाउन लागि परेको , दलाल र माफियाहरु बचाउन योजना बुनिरहेकोले यस्तो षड्यन्त्र चिर्न सधैं चनाखो भइरहन नेताकार्यकर्ता लाई दाहालले निर्देशन समेत दिएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय