केन्द्रीय कार्यालय शिलान्यास गर्दै व्यवसायी गुरुङले एक वर्षभित्रै अत्याधुनिक भवन निर्माण गरेर हस्तान्तरण गर्ने घोषणा गरेका थिए तर मुद्दा खेपिरहेका व्यवसायीबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णयको पार्टी भित्रै आलोचना भइरहेको छ ।

एमालेभित्रै व्यवसायीबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णय सच्याउनुपर्ने आवाज उठेको छ । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले सार्वजनिक रुपमै पार्टी निर्णय सच्याउनुपर्ने माग राखेका छन् । तर सचिवालय बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ‘उहाँहरुले के कति कारणले त्यस्तो बोल्नुभएको हो ? त्यसमा स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।














