कात्तिक ४, पोखरा ।
सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ । नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । यद्यपि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छाेड्न मानेका छैनन् ।












