कात्तिक ४, काठमाडौ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतामा ध्यान दिन अपिल गरेका हुन ।


लोकतान्त्रिक अभ्यास गर्न पाए पनि आफूले गर्दा अरुलाई असर नपरोस् भन्ने ख्याल गर्न उनले सबैलाई अनुरोध गरे। ‘विरोध र समर्थनमा गर्ने कार्यक्रमहरु शान्तिपूर्ण हुनुपर्छ, लोकतन्त्रको अभ्यास गर्न पाइयो तर आफूले गर्दा अरुलाई अवरोध हुने, शान्ति सुरक्षा भंग हुने खालको गतिविधि गर्नु भएन, उच्छृङ्खल गतिविधि गर्नु भएन ।’











