कात्तिक ३, पोखरा कास्की।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा समर्थहरुले प्रदर्शन गरेका छन। रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।


प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् । राजनीतिक प्रतिशोध बन्द गर्न समेत उनीहरुले सरकार लाई चेतावनी दिए ।

प्रदर्शनमा सहभागीहरूले कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको तस्बिर बोक्दै उनीहरूमाथि कहिले कारबाही हुन्छ भन्दै सरकारलाई प्रश्न गरिरहेका छन् । प्रहरीले हिजो पक्राउ गरेर लामिछाने लाई पोखरा लगेको थियो ।











