

यही असोज ११ र १२ गतेको अविरलप वर्षा पछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामो दुरीका सवारीसाधन सञ्चालन भइरहेका छन् ।
त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी विश्रामस्थलमा निःशुल्क खाजा सेवा सञ्चालन गरिएको वडा खाँडादेवी – ६ का वडाअध्यक्ष नारायण कार्कीले बताए ।











