असोज २६, काठमाडौ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले साइतको टिका ग्रहण गरेर सर्वसाधरणलाई निर्मल निवासमा ४ बजेदेखि टिका लगाइ दिने भएका छन् ।

पूर्वराजाको हातबाट टिका थाप्न सयौंको संख्यामा सर्वसाधारण उपस्थित हुने भएकोले टिकाको कार्यक्रम राखिएको उनको सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार परिवारसँग साइतको टिका लगाएर पूर्वराजाले सर्वसाधारणलाई टिका लगाइदिने भएका हुन् । गत वर्ष पनि बेलुका अबेरसम्म पूर्वराजाकोमा टिका ग्रहण गर्नेहरूको भीड लागेको थियो।












