विकेश बस्नेत,
असोज २६, काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा अोलीले बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा शुभ साइतमा बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् ।
यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने भएका छन् । प्राकृतिक विपदले ठूलो धनजनको क्षति गरेको अवस्थामा पुनर्स्थापना र पुनर्निर्माणमा जुट्नुपर्ने भएको भन्दै टीकाको कार्यक्रम नभएको उनले बताएका छन् ।












