राजेन्द्र बस्नेत ,

असोज २४ , काठमाडौ ।

विश्व शेर्पा दिवसको उपलक्षमा विश्व शेर्पा संघ अमेरिकाले  न्यूयोर्क स्थित शेर्पा किदुग हलमा विश्व शेर्पा संघका सस्थापक तथा निबर्तमान अध्यक्ष ईन्जिनियर आङ दोर्जी लामाको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अक्टोबर ८ लाई शेर्पाहरुले बिश्व शेर्पा दिवसको रूपमा बिश्वब्यापी रुपले मनाउने गरेका छन ।

बिश्वभरी छरिएर रहेका शेर्पाहरूको बीचमा भाइचारा बढाउने , आफ्नो मौलिक संस्कृति , परम्परा र इतिहासको संरक्षण गर्दै बिश्वभर शान्तिको संदेश दिने उद्देश्यले  बिश्व शेर्पा संघले काम गरिरहेको महासचिव आङ जाङ्बु शेर्पाले बताए ।

बिश्व शेर्पा संघका संस्थापक अध्यक्ष तथा निर्माण व्यवसायी इन्जिनियर एडि लामाले बिश्व शेर्पा संघको गतिविधिले बिश्वभर छरिएर रहेका शेर्पाहरु लाई एकताको सुत्रले बाध्ने काम गरेको धारणा व्यक्त गरे ।

विश्व शेर्पा संघका सस्थापक अध्यक्ष लामा लाई अमेरिकाको न्यूयोर्क स्थित जोन् अफ केनेडी एअरपोर्टमा विश्व शेर्पा संघको तर्फबाट स्वागत । उहाको स्वागतको लागि विश्व शेर्पा संघका बवरिष्ठ उपाध्यक्ष निमा शेर्पा, उपाध्यक्ष गेल्मु शेर्पा, महासचिब आङ जाङ्बु शेर्पा, शेर्पा संघ अमेरिकाको अध्यक्ष पासाङ दोर्जी शेर्पा, शेर्पा किदुगका अध्यक्ष ईन्जिनियर तेम्बा शेर्पा, विश्व शेर्पा संघका सह-कोषाध्यक्ष दावा कर्मा शेर्पा लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए । लामाको सम्मानमा अमेरिकामा विविध कार्यक्रमको आयोजना गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय