असोज २२, सोलुखुम्बु ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले चाडपर्व केन्द्रित शान्ति सुरक्षाको प्रबन्ध मिलाईएको बताएकी छिन । शान्ति सुरक्षा राम्रो भएकोले ढुक्कले चाडपर्व मनाउन उनले जिल्लाबासीहरु लाई आग्रह गरेकी हुन ।


प्रजिअ खत्रीले चाडपर्वको समयमा बढि भाडा लिएमा प्रशासनलाई जानकारी गराउन आग्रह गर्दे दोषी लाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरिन।

चाडपर्वको समयमा यात्रुहरुले सास्ती खेप्नुपर्ने विषयमा समेत जिल्ला प्रशासन कार्यालयले ध्यानकेन्द्रित गर्दै जिल्लाका ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर सहज यात्राको व्यवस्था मिलाएको बताउदै खत्रीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा चाडपव लक्ष्ति सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याइएको जानकारी दिईन ।












