असोज २०, काठमाण्डौ ।
भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गरेका छन् ।

उनीहरू बिच भुटानी राजाको राजप्रसादमा हिजो भेटवार्ता भएको हो ।
भुटानी राजाले नेपालका पूर्वराजालाई न्यानो अंकमालसहित स्वागत गरेका छन। त्यस अवसरमा पूर्वराजाकी सुपुत्री प्रेरणा र भतिजी शिताष्माको पनि उपस्थिति रहेको थियो ।
भुटानी राजाको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटानको औपचारिक भ्रमणमा गएका थिए ।

उनलाई भुटानले भव्य स्वागत गरेको थियो । ४ दिने भ्रमण सम्पन्न गर्दै उनी आज स्वदेश फर्किएका छन् ।

भुटानमा रहँदा उनले पाञ्चायन देवीको पूजाअर्चना गर्नुका साथै राजपरिवारका सदस्यहरु साग भेट्घाट गरेका छन् ।













