असोज २०, काठमाडौ ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आईतबार प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।


संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेपछि प्रधानन्यायाधीशको नियुक्तीको बाटो खुलेको हो । राउत अबको झन्डै डेढवर्ष प्रधानन्यायधीशको रुपमा रहने छन् ।











