असोज १८ , काठमाडौ ।

पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकबीच भेटवार्ता भएको छ । बिहीबार भुटान प्रस्थान गर्नुभएको पूर्वराजा शाहले आज भुटानी राजा वाङचुकसँग शिष्टाचार भेट गरेका हुन । पुर्वराजाको भ्रमण दलमा ५ सदस्य रहेका छन ।

 

पूर्वराजासँग पूर्वअधिराजकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा सगै छन । यस्तै पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा रहेका छन । भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट भुटान गएका पुर्वराजा लाई  भुटानकी राजकुमारीले बिमानस्थलमा स्वागत गरेकी छन ।


स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानी पनि जाने तयारी थियो, तर अस्वस्थ भएर नगएको पारिवारिक श्रोतले जनाएको छ । उनको खुट्टाको लिगामेन्टमा समस्या भएर बेड रेस्ट गरिरहेको बताइएको छ ।भुटानमा पुर्वराजा लाई भव्य स्वागत गर्नुका साथै भुटानले नेपालको राजसंस्था प्रती आफ्नो सहानुभूति रहेको स्पष्ट संकेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय