
असोज १७ , काठमाडौं ।

नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

काठमाडौको नक्सालस्थित कार्यालयमा बिहान ११ बजे बस्ने गरी साधारण सभा आव्हान गरिएको कम्पनीले जानकारी दिएको छ । सभामा प्रिमियम मूल्यको सेयर जारी गर्न सक्ने गरी प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सो सभाले आइपिओ शेयर जारी गर्ने निर्णय गरे अन्य प्रक्रिया अगाडि बढाउन बाटो खुल्ने कम्पनीले बताएको छ ।











