असोज १६, काठमाडौ ।
कोशी प्रदेशका जिल्लाहरुमा अहिले भारी वर्षा भइरहेको छ । आज दिनभर कोशी प्रदेशमा झरी पर्ने छ ।भोलि पनि वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।


कोशी प्रदेशमा केन्द्रित भएको पानी पार्ने यो बादल पश्चिमतिर सर्ने क्रममा रहेको बताइएको छ । त्यसैले यसको प्रभाव मधेश, बागमती र गण्डकी प्रदेशसम्म पर्न सक्ने सम्भावना छ । 
असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पुर्याउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् । त्यतिबेलाको बाढी, पहिरो र डुवानले धनजनको ठूलो क्षति भएको थियो ।












