असोज १५ , काठमाडौं।

अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा आज पनि झडपको स्थिति उत्पन्न भएको छ । उमेर हद कायम गर्नुपर्ने र गर्न हुँदैन भन्ने पक्ष बीच सम्मेलन हलमा हात हालाहाल भएको हो ।
सात जिल्लाको प्रतिनिधि विवाद टुंगाएर निर्वाचन समितिले उमेर हदका लागि निर्वाचन गर्ने तयारी गरिरहेको बेला दुई पक्ष वीच विवाद उत्पन्न भएको हो ।

विवादले गर्दा उमेर हद लागु गर्ने/नगर्ने टुंगो नहुदा निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन । दुई पक्षको विवाद टुंगाउनका लागि पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई सम्मेलन हलमा खटाएको छ । बस्नेतले दुई पक्षको विवाद मिलाउने प्रयास गरेपनि सम्भव हुन नसकेको क्रान्तिकारीका विद्यार्थी नेताहरुले बताएका छन ।

१० असोज देखि जारी सम्मेलन हिजो सक्ने भनिएपनि थप लम्बिएको छ । उमेर हदको विषयले विवाद भएपछि नयाँ कमिटीको निर्वाचन समेत अन्योलमा परेको छ । विवाद देखिएकाले मिलाउने प्रयत्न भइरहेको संगठनका प्रवक्ता जीपी मैनालीले जानकारी गराए ।












