कुल बहादुर बस्नेत,
असोज १४, खोटाङ

खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर – ४ बडहरे पातीखर्क निवासि शिव प्रसाद दाहालको घर अविरल वर्षाको कारण आईतबार बिहान घर पुर्णरूपमा भत्कदा घर संगै रहेको बाख्रा खोरमा रहेका ९ वटा खसी र ५ वटा बाख्रा गरि जम्मा १४ वटा मरेका छन् भने अन्नपात र लत्ता कपडा समेत क्षति भएको छ ।

नेपाल रेडक्रस उपशाखाबाट राहत सामाग्री लिएर घटनास्थल पुगेको टोलीले वडाअध्यक्ष किशोर कुमार बस्नेतको रोहवरमा त्रिपाल १ थान,भाडासेट १ कम्वल २ साडि २ अन्य कपडा २ सेट प्लास्टिक वाल्टिन १ समेत पिडित शिव प्रसाद दाहाललाई उपलव्ध गराएको नेपाल रेडक्रस उपशाखा बडहरेका अध्यक्ष भद्र बहादुर बस्नेतले जानकारी दिए। पीडित दाहालले आफ्नो सबै गुमेकोमा दुःख व्यक्त गर्दै सहयोको अपील गरे।
रेडक्रसले उपलव्ध गराएको सामाग्री पर्याप्त नभएपनि तत्कालका लागि उपयोगी भएको वडाध्यक्ष बस्नेतले बताए । स्थानीय सरकारको तर्फबाट पनि आवश्यक सहयोगको पहल गरिने उनले स्पष्ट पारे ।











