असोज १४, काठमाडौ ।
अविरल वर्षाको कारण देशभर ठूलो क्षति भएको छ । हजारौं सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भए भनी ठूलो जनधनको नोक्सानी भएको छ ।


दुखमा परेका जनता र शोकमा डुबेको देशलाई लयमा फर्काउन प्रयत्नशील नेपाली सेनाले आफ्नो सबै शक्ति लगाएको छ ।
अन्य सुरक्षा निकायसँग समन्वय गरेर सेनाले उद्दार र राहतमा निरन्तर प्रयास गरि रहेको छ । बाढी र पहिरोले यतिबेला देशभर ठुलो चुनौती निम्त्याएको छ ।












