बिकेश बस्नेत ,
असोज १४, काठमाडौ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागी नवनियुक्त अस्ट्रेलियन राजदूत Leann Johnston विच राप्रपा पार्टी कार्यलय धुम्वाराहीमा सोमबार भेटघाट भएको छ ।

सो भेटमा अध्यक्ष लिङ्देनले नेपाल र अस्ट्रेलिया बिचको सम्बन्ध र पार्टीको एजेन्डाका बारेमा राजदुत लाई अवगत गराएका छन ।
भेटमा राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङ र मुख्य सचिव केदार अधिकारी पनि सहभागी थिए । राजदुत johnston ले अस्ट्रेलिया सधैं नेपालको हितमा काम गर्न इच्छुक रहेको आगामी दिनमा पनि नेपालको बिकासमा साझेदारी गर्न तयार रहेको धारणा व्यक्त गरिन ।











