पेम्बा शेर्पा,
असोज १३, सोलुखुम्बु ।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँ पालिकाले गत श्रावण ३२ गतेको बाढीले क्षतिग्रस्त भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाको थामेमा राहत स्वरूप २८ लाख सहयोग गर्ने भएको छ । आज बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष गौरव राईले जानकारी दिए ।

पालिका अध्यक्ष बुद्धि किरण राईको अध्यक्षतामा आईतबार बसेको बैठकले अन्य विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । श्रावण ३२ गते आएको बाढिले क्षती हुनगएको माप्य खुम्बु मीतेरी मोटरेबल पूललाई विज्ञहरुको रिपोर्टिङ अनुसार तत्काल निर्माण सुरु गर्ने निर्णय गरिएको छ । गाउँ पालिकामा स्वास्थ्य क्षेत्रलाई ब्यबस्थित रुपमा सन्चालन गर्न आवश्यक पहल गर्दै सबै संस्थाहरुलाई निर्देशन दिने निर्णय गरिएको छ । वर्षाका कारण अवरुद्ध भएका पालिका भित्रका सडकलाई तत्काल सरसफाई गर्ने निर्णय पनि गरिएको राईले बताए ।












