असोज १२, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले अविरल वर्षाका कारण ज्यान गुमाएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, संकटमा परेका नागरिकको उद्धार, पुनर्स्थापना र घाइतेको निःशुल्क उपचार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । शनिबार पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

क्षतिको विवरण सङ्कलन गरी पीडित नागरिकलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा तीनतहकै सरकारको प्रभावकारी अग्रसरता र समन्वयमा यथाशीघ्र अघि बढाउन उनले सरकार सग माग गरे । विपद्को यो घडीमा राप्रपा सरकार र आम जनसमुदायको साथमा छ । सबै मिलेर यो विपद्को सामना गरौँ लिङ्देनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय