कुल बहादुर बस्नेत

असोज १२, काठामाडौं।

काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोला पहिरोमा पुरिएको दुईवटा माईक्रोबस बाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको छ ।


त्यस्तै, नम्बर नखुलेको अर्को माईक्रो बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । पहिरोले पुरिएका ती माईक्रोबसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय